विनय कर्ण
राजविराज । नेपाल प्रेस युनियन सप्तरीले पत्रकार महासंघ सप्तरी लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन महासंघ शाखा सप्तरीको ध्यानाकर्षण गराइएको हो ।
महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ‘पत्रकार महासंघको यस्तो निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको हाम्रो बुझाई छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
‘युनियनको माग विपरित अधिवेशन, साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ शाखा सप्तरी नै हुने यसै ध्यानाकर्षण–पत्र मार्फत जानकारी गराउँदछौं ।’सो पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले यसबारे कार्यसमितिमा छलफल गर्ने अश्वासन दिए । ध्यानाकर्षण बुझाउने क्रममा प्रेस युनियनका सचिव रामानन्द देव, कोषाध्यक्ष रामनारायण यादव, पुर्व अध्यक्ष ओमप्रकाश शाह, गणेशलाल देव तथा महासंघका सचिव रामनाराण विश्वास र सदस्य विद्यानन्द रामको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको