बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध कैदीको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको हो ।
आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ ।
गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको