
राजविराज । राजविराजस्थित इट्टी बिट्टी मन्टेस्वरी विद्यालयकोे वाषिर्कोत्सव एक होटलको सभाहलमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमासांस्कृतिक कार्यक्रम र कक्षा प्रमोसन ( ग्रेजुएशन) भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण रहेका थिए ।
कार्यव्रmमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै राजविराज नगरपालिका शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवले शिक्षक विद्यार्थी तथा अभिभावकहरुलाई शुभकामना दिएका थिए ।
सोही अवसरमा उनले विद्यालयको शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति आफु तथा आफ्नो संस्था अनवरत रुपमा क्रियाशिल रहने बताए ।
त्यस्तै उनले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै विद्यालयको निरन्तर प्रगतिको कामना गरे । कार्यक्रममा कक्षा एकमा प्रमोसन भएका एक दर्जन भन्दा बढी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
सांस्कृतिक कार्यव्रmमका आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य, संस्कृत गित र नयाँ वर्ष , धर्म तथा राष्ट्र संग जोडिएको विषयवस्तु समेटिएको नृत्य तथा दृष्यहरु देखाएका थिए ।
कार्यक्रमको प्रमुख अथिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्दे विद्यालयका संस्थापक पुनम चौरसीयाले पुरुस्कार बिजेता विद्यार्थीहरुलाई ग्रेजुएशनको टोपि लगाउदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सोही क्रममा उनले विकासको उचाइमा पुग्न सफल देशहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताए ।
प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय परिवारका सम्पूर्ण सदस्यहरु उपस्थित रहेका थिए । सोही कार्यक्रममा पत्रकार तथा विशिष्ट शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । विद्यालयका संस्थापक पुनम चौरसीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व शिक्षिका मन्जु श्रेष्ठ , पत्रकार मनोहर पोखरेल , शिक्षा प्रेमी तथा प्रोफेसर गोवरधन साह , शिक्षा संग जोडिएका आधादर्जनले बालवालिकालाई संस्कार सहितको शिक्षा दिनु पर्नेमा जोड दिएका थिए ।