काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले हङकङको चौथो विकेट लिएको छ।
हङकङले चौथो विकेटका रुपमा बाबर हायातलाई गुमाएको हो ।
बाबरलाई ललित राजबंशीले क्याच आउट गरे । यसअघि मात्रै गुलसन झाले ओपनर ब्याट्सम्यान अन्शु रथलाई उत्कृष्ट रन आउट गराएका थिए ।
पेभेलियन फर्किनुअघि बाबरले ६ र अन्शुले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए ।
१० ओभरमा हङकङले ७० रन बनाएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको