राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भिषण आगलागी भएको छ । दिउँसो एक्कासी भएको आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा आगलागी भएको हो । तिब्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
वडा अध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको छ । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका २ सय जति घर नस्ट भएको प्रारम्भिक जानकारी दिए ।
आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

 

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको