राजविराज । सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।
सुरुङ्गा नगरपालिका-५ कुशहा पश्चिमटोल बस्ने राजलाल यादव, बिनोद साह, संतोष चौधरी र किसुनलाल चौधरीको घरबाट सुन चाँदीका गरगहना, नगद, टिभी, मोबाइल लगायतका विभिन्न सामानहरू गरी करिब ३ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको