काठमाडौं । वेस्टइन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
पाँच खेलको टी(२० सिरिजको अन्तिम खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
आजको खेलमा नेपाली टोलीमा चार परिवर्तन गरिएको छ। गुल्सन झा, करण केसी, कमलसिंह ऐरी र ललितनारायण राजवंशीलाई आज बेञ्चमा राखिएको छ।
आज अभिनाश बोहोरा, सागर ढकाल, अनिल साह र सन्दीप जोरालाई खेलाइएको छ। दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन्।
दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको