काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्टइन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।
वेष्टइन्डिजका लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे ।
रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।
बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ / ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।
अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको