विनय कर्ण
राजविराज, । सप्तरीको राजविराजमा शुक्रबार  धुमधामका साथ जानकी नवमी (जानकी जन्मोत्सव) मनाइएको छ ।
त्रेता युगमा बैशाख शुक्लपक्ष नवमी तिथिकै दिन जानकी प्रकट भएको स्मरणमा राजविराजका साथै जिल्लाको विभिन्न स्थानमा धार्मिक अनुष्ठान सहित भव्यताका साथ जानकी जन्मोत्सव मनाइएको हो ।
यसैक्रममा मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीले प्रभातफेरी र झाँकी प्रदर्शन गरेको छ ।
स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट  बाजागाँजा सहित निकालिएको प्रभातफेरी तथा आकर्षक झाँकी नगर परिक्रममा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
माता सीता प्रकट भएको बैशाख शुक्लपक्ष नवमीको तिथिलाई सीता नवमी र जानकी नवमी भनेर सम्बोधन गर्ने गरिएको मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले बताए ।
जानकी नवमीका दिन मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोमा धन्यवाद व्यक्त गर्दै उनले संघीय सरकारले पनि यस दिनलाई उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने माग गरे ।
राष्ट्रिय विभुती सीता माताप्रति सम्मान देखाउन पनि संघीय सरकारले यस दिन सार्वजनिक बिदाको घोषणा गर्नु पर्ने अध्यक्ष झाको भनाई छ ।
प्रभातफेरी तथा झाँकी प्रदर्शन कार्यक्रममा सर्वसाधारण, मैथिली अभियानी, सुरक्षा निकायका प्रमुख तथा विभन्न संघ संस्थाका प्रतिनिधि उल्लेख्य रुपमा सहभागिता रहेको मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको