काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो ।
त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान–अवतरण बन्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १ः३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने
अपरान्ह १ बजेदेखि हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँगसम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार अभ्यास गरिएको हो ।
त्यसक्रममा विभिन्न अभ्यासहरूमध्ये अलर्ट ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन तयारी गरिएको हो ।
यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउनु हो ।
यो अभ्यासको सिलसिलामा विमानस्थल क्षेत्रमा जहाज दुर्घटनापछिको दृश्य जस्तै धुवाँ निकालिएको थियो ।
अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य उद्धार गतिविधि देखाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको