काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मान्छे नै बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
सांसद भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताए। सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे ।
सांसद भण्डारीले भने,‘हामी मल, बिउ कहिले दिने, त्यो नदिईकन किसान बन्छन् ? किसानले खेती गर्ने बेला भयो सधैँ बाँदर आउँछन् । अनुदान खाने बाँदर आउँछन्, बाली खाइदिने बाँदर आइदिन्छन् । बेच्ने बेला भन्सार खोलिदिने बाँदर आउँछ । कृषि क्षेत्रलाई बाँदरबाट मुक्त गर्न परेन । मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ? यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्यो ।’
शिक्षा बिना कुनै देश नबन्ने उल्लेख गर्दै शिक्षक सेवा आयोगको परीक्षामा १ नम्बरमा उत्तीर्ण हुनेलाई हेडमास्टर बनाउन आग्रह गरे ।
परीक्षा दिएको १८ महिनासम्म रिजल्ट नहुने, पढाई सकिएको १८ महिनासम्म परीक्षा नहुने यस्तो तरिकाले मुलुक नबन्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost