राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बाटो बनाउने विषयमा भएको विवादमा कुटपिट हुँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोलमा शुक्रवार दिउँसो ३ बजेतिर यो घटना भएको हो ।

पोखरीको डिलमा बस्दै आएका दलित समुदायको घर ढलान रोड बनाउने क्रममा तोडन जादा विवाद भइ कुटाकुट भएको हो ।

दलित समुदायका अगुवा सत्यनारायण पासवानका अनुसार दलित परिवारको घर हटाउने बिषयमा समाजिक कानुनी विकल्प हुदाहुदै पुर्बाग्रही ढंगले नेपाली काँग्रेसका स्थानिय नेता तथा पुर्व क्षेत्रपाल हरिसुदन यादव,उनको छोरा जनमत पार्टीका स्थानिय नेता निरज यादव,भाइ राम नरायन यादव,भतिजो रोसन यादव र विवेक यादव सहितकाले एक्कासी कुटपिट गर्दा आधा दर्जन व्यक्ति गम्भीर घाइते घाइते भएका छन् ।

घाइते हुनेमा पृतम पास्वान, उनकी पत्नी मुसनी देवी पास्वान, छोरा रन्जित, छोरीहरु रितु र राखी पासवान तथा बुहारी सरिता देवी पासवान छन् । उनीहरूको उमाकान्त कल्पना मेमोरियल होसपिटल मा उपचार संभाव नभए पछि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ जस मध्ये एक जना को चिन्ताजनक अबस्था छ ।

पुर्व क्षेत्रपाल हरिसुदन यादवले भने पहिला आफूहरूमाथि नै आक्रमण गरेपछि कुटाकुट भएको स्थिति आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको