काठमाडौं । संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले गोली हानेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।
संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेको बताइएको छ ।
प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । केही बेरअघि सो घटना भएको बताइएको छ ।
यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको