सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको रात्रि बस र रोकिराखेको लहरीमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सर्लाही प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।
भैरहवाबाट जनकपुर जाँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ को लहरीसँग ठोक्किँएर दुर्घटना भएको हो ।
२५ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको