
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा दुतावासले उक्त प्रदर्शन आयोजना गरेको हो ।
सहभागीहरूले अन्नपूर्ण हिम शृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङकोट भ्यु पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो । यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थि श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो ।
यस कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरू प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए ।
भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गरेको थियो ।
यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरू बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको थियो ।