राजविराज । तिन तहका सरकारबाट किसानहरुका लागि धेरै योजनाहरु सञ्चालित भए पनि त्यस्ता योजनाहरुबाट बञ्चित किसानहरु हाम्रा यस योजनाबाट लाभान्वित भएका छन । उक्त कुरा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लष्टर ईकाई राजविराजका प्रमुख राम रोगारथ साहले शुक्रवार राजविराजमा आयोजन गरिएको एक अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नु भएको हो ।
आयोजनाको राजविराज कार्यालयले शुक्तवार आफ्नै कार्यालयको सभाकक्षमा आयोजन गरेको सरोकारवाला संग समन्वय तथा अन्तरक्रिया कार्यक्रममा आफ्ना बिषय वस्तु प्रष्ट पार्दै साहले उक्त कुरा व्यक्त गर्नु भएको हो । बर्ष २०७५÷०७६ बाट ५ बर्षका नेपाल सरकारको कृषि मन्त्रालय र विश्व बैंक बिच भएको सम्झौता अनुसार देशका ८ जिल्लाका २÷२ पालिका गरी १६ पालिकामा लागु भएको यो आयोजना आफ्नो अन्तिम बर्षमा भए पनि १ आर्थिक बर्षका लागि थप गरिएको र यो योजना बर्ष २०८१÷०८२मा पनि जारी रहने राजविराज प्रमुख साहले बताउनु भयो । साहका अनुसार पहाडी क्षेत्रका गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा र तराई क्षेत्रका सिरहा, सप्तरी, धनुषा र महोत्तरी गरी ८ जिल्लामा यो आयोजनाका कार्यक्रम चलाईएको थियो । सिरहाका वरियारपट्टी र औरही तथा सप्तरीका राजगढ र बिष्णुपुरमा यो आयोजनाका कार्यक्रम सञ्चालन गरिएको थियो ।
कृषि उत्पादकत्व बढाउने, पशु सेवा तथा पशु जन्य खाद्य सामग्रीको उत्पादकत्व बढाउने र पोषण अन्तर्गत २ बर्ष मुनीका बच्चा तथा आमाको स्वास्थ्यमा गुणत्मक सुधार ल्याउनका लागि आयोजना मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको आयोजनाका अधिकृत डा. विनय विक्रम रत्नले जानकारी गराउँदै यो आयोजना २५ जना किसानको समूह बनाएर उनीहरुलाई कृषिबाट कसरी आत्मनिर्भर हुने भन्नेमा किसानहरुलाई सक्षम बनाईएको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिबनारायण साहले कृषिमा पुरानो तरिकालाई बदलेर आधुनिक प्रविधिको प्रयोग गर्न किसानलाई सिकाएर आयोजनाले सिरहा र सप्तरीका सिमित पालिका मै भएपनि राम्रो काम गरेको भनी आयोजनालाई हौस्याएको थिए ।
उक्त कार्यक्रममा सिरहाका समन्वय समिति उप–प्रमुख शम्भु यादव, वरियारपट्टी गाँउपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव, कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठ र कृषक समूहका तर्फबाट सप्तरी राजगढका माँ डाक्नेश्वरी किसान समूहका विनोदकुमार यादवले आफ्नो विचार प्रकट गरेका थिए ।
आयोजनाका अनुसार आउँदो बर्षमा सिरहामा नवराजपुर र पतारी तथा सप्तरीमा छिन्नमस्ता र महदेवा पालिका पनि थप गरिएको छ । आयोजनाले बितेको ५ बर्षमा लिएको लक्ष्य भन्दा औसत ३५% सम्म बढी प्राप्ति गरेको बताउँदै यस आयोजनाबाट अहिले सम्म ३२ हजार किसानहरुले लाभ लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको