बोदे बरसाईन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा डिपिआरको नाउँमा २५ लाख भन्दा बढी रकम अनियमित तरिकाले खर्च गरेको पाएको छ ।
महालेखा परिक्षकको ६१ औ वार्षिक प्रतिवेदन अनुसार नगरपालिकाले डिपिआरको नाउँमा भुक्तानी गरे पनि कार्यको स्वीकृत पदाधिकारीबाट नै नगराई रकम खर्च गरेको छ । नगरपालिकाले नगर भित्रका विभिन्न योजनालाई देखाएर ६ वटा प्रा।लि। लाई उक्त रकम भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ । नगरपालिकाले २ करोड ६३ लाख २५ हजारको डिपिआर गर्ने अनुमानित रकम विनियोजन गरेको मध्ये २५ लाख ६३ हजार १ सय उनान्सय रुपैयाँको डिपिआर गराएको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सम्वन्धीत निकायमा जनशक्ति भए त्यसैबाट गराउनु पर्नै र नगरपालिकाकै जन शक्तिले समान्य सर्वेक्षण गरि लागत इष्टिमेट तयार गरि गर्न सकिने कार्यमा समेत डिपिआर गराई वाह्य निकायलाई ठुलो रकम भुक्तानी दिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाले डिपिआरको नाउँमा सनराईज हाम प्रालिलाई १४ लाख ९४ हजार १ सय उनान्सय रुपैँया, मल्हनियाँ पोखरी र स्कुलको लागि सप्तकोशी कन्सल्टेन्सी प्रालिलाई ४ लाख ९८ हजार ३ सय तिस रूपैयाँ , ईजी ईन्जिनियरिगंलाई विभिन्न योजनाको नाउँमा ४ लाख ९५ हजार ९ सय सन्ताउन्न रूपैयाँ , नगरपालिका वडा नम्बर १ को विभिन्न योजना को लागि काजल ईन्जिनियरिगंलाई ४ लाख ५० हजार ४ सय चौदह रूपैयाँ, डिजाईन ईन्जिनियरिगं कन्सल्टेनसीलाई ४ लाख ९६ हजार ६ सय पैतिस रूपैयाँ र सेवा तथा परामर्श खर्च वापत ४ लाख ७२ हजार ३ सय ६४ रुपैयाँ भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
डिपिआर प्राविधिक विषय भएकोले सर्वसाधारणले सो विषयमा त्यति सोधिखोजि गर्दैन सोको दुरुपयोग गर्दै जनप्रतिनिधि देखि कर्मचारी सम्मको पहिलो रोजाईमा डिपिआर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
56
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको