काठमाण्डौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा गोरखापत्रका सप्तरी समाचारदाता ललिता साहलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ ।
सप्तरीको रुपनी गाउँपालिकाको आर्थिक वर्ष ०७७/७८मा सेनेटरी प्याड खरिदमा अनियमितता भएको भन्दै गत माघमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।
केन्द्रिय सदस्य साह प्रोपराइटर रहेको लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सले खुल्ला टेण्डर प्रकृयाको माध्यमले गरेको सेनेटरी प्याड आपूर्तिलाई कर्मचारीसँग मिलोमतो गरेको झुठो आरोप लगाउँदै अख्तियारले गरेको भ्रष्टाचार मुद्दामा केन्द्रीय सदस्य साहसहित पाँचै जनाले सफाई पाएको छ।
उक्त मुद्दामाथि विशेषअदालतद्वारा असार ११ गते मङ्गलबार विशेष अदालतका अध्यक्ष समेत रहेका माननीय न्यायाधीश टेकबहादुर कुँवर तेजनारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासमा सुनुवाई गरेको फैसलाले केन्द्रीय सदस्य साहसँगै मुद्दामा मुख्य प्रतिवादी बनाइएका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी सुब्बा,सुजन दाहाल लेखाअधिकृत श्याम सुन्दर यादव , शिक्षा शाखा संयोजक श्यामप्रसाद यादव समेतलाई सफाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको