दिपेश जोशी
राजविराज । निर्माणको क्रममा रहेको हुलाकी सडक अन्तर्गत राजविराजको कारागार मोड अगाडीको खण्डमा लथालिङ्ग पारेको विरोधमा सोही स्थानको पुलमा अवरोध गरी स्थानीय युवाहरुले सोमबार आवागमन ठप्प पारेकका छन् ।
वर्षायाममा सडकभरी निर्माण सामग्री थुपारैर पानीको बहाव र सबारी सधान समेत चलाउन नसक्ने अवस्थामा पुर्‍याएपछि पुलमा काठ तेस्र्याएर सडक अवरुद्ध गरिएको हो । सुख्खायाममा धुलो र वर्षामा हिलाम्य तथा पानी जम्ने गरेका कारण वर्षो देखि आफुहरुले सास्ती भोग्नु पर्दा पनि सडकको अवस्था नसुधारेको स्थानीय कन्हैया देवले आक्रोश पोखे ।
यसैगरी अर्का युवा बन्टी देवले सडक आसपासको वस्तीमा धुलो र हिलाको सास्ती कहिले सम्म खेप्नुपर्र्ने हो ? भन्दै आफुहरुको समस्या प्रति स्थानीय जनप्रतिनिधिहरु समेत उदासिन भएर बसेको भन्दै दुःख व्यक्त गरे । ॅॅ ठेकेदारले जथाभावि माटो, गिट्टी, कंक्रिट झारेर बेपता भएका छन्’’ उनले भने ॅॅ मन लागेको दिन काम गर्छन्, कहिले कामै नगरी हामीलाई सास्ती खुवाउने गरेका छन् ।’’ यस्तै आक्रोश बोरियाका ओम प्रकाश यादवको पनि छ । ॅॅ सडक अलपत्र रहदाँ आवागमनमा अति कष्ट हुने गरेको छ’’ उनले भने ॅॅ यस पालिको वर्षामा पनि सास्ती खेप्नुपर्ने भयो ।’’ जथाभावी निर्माण सामग्री थुपारैर सडक अस्तव्यस्त तुल्याएको प्रति राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनको प्रतिक्रिया लिदा उनले आफुले भर्खर मात्र यस बारे जानकारी पाएकोले ठेकेदार कम्पनी सित कुरा गरेर काम सुचारु गराउने बताइन् । सडक निर्माणको ठेक्का लिएको रौता कन्स्ट्रक्सनका देवेन्द्र दाहालले कंक्रिट खसालै लगत्तै विगत तीन दिन देखि वर्षा भएकोले काम रोक्नु परेको बताएका छन् ।ॅॅ एक दिन मात्र वर्षा रोकियो भने पनि हामी दोस्रो तहको सतहको काम अगाडी बढाउने छौ’’ दाहालले बताए । उनले तीन दिन देखि वर्षा भएको बताए पनि आन्दोलनरत युवाहरुले सोमबार मात्र केही समय वर्षा भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको