सिरहा । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बच्चुले गत जेठ ३ गते बिहान ब्रहमपुरी स्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ ।
ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद रहेको थियो ।
घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको