लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरीको राजविराज भन्सार कार्यालय तिलाठी कोईलाडी गाउँपालिका-१ ले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा २४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव लक्ष्यभन्दा रु. २ करोड २४ लाख ४१ हजार ६ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।
रु ६ करोड ५० लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य रहेकामा रु ८ करोड ७४ लाख ७६ हजार ६ रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख भन्सार अधिकृत सत्य नारायण सिंहले जानकारी दिए । उनका अनुसार बेल्ही छोटी भन्सार बलान बिहुल-४ ले १६ लाख ९४ हजार ९सय १९ रुपैयाँ र पातो छोटी भन्सारले रु. ५ लाख ८२ हजार ९ सय ९८ रुपैयाँ राजश्व संकलन गरेकोछ ।
आव २०८०-८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट ४ सय ४७ मुद्दा दर्ता भई रु ३ करोड ४४ लाख ९६ हजार रुपैयाँ मूल्याकंन भएकोमा ३ सय २८ मुद्दा निणर्य भई टुंगो लागी रु. २ करोड ७६ लाख ८७ हजार रुपैया संकलन भएको कार्यालयले जनाएको छ । यस्तै ७ सय २५ सवारी साधन लीलामीबाट रु. १ करोड ४७ लाख ९६ रुपैयाँ संकलन गरेको कार्यालयका सूचना अधिकारी नायव सुब्बा अजय प्रकाश भगतले जनाकारी दिए ।