
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले आज दुई जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।
दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।