
जनकपुरधाम। धनुषामा एक जनाको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखिया रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको छ । साथै कुटपिटबाट घाइते भएकी श्यामुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।