जनकपुरधाम। धनुषामा आमा–छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको हो ।
स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका भोगेन्द्रको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost