काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ।
बसेरा होटलमा बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको हो।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो। त्यसयता उपाध्यक्ष पद रिक्त थियो।
त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।
बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो।
केन्द्रीय सदस्यमा सुवास कर्मचार्यलगायत १७ जना थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको