राजविराज । बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौताका ५५ वर्षिय मानव अधिकार रक्षक दिलिप कुमार चौधरी सम्मानित हुनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसमा अवसरमा साउन १८ गते आयोजित नवौं बैध–प्रकाश मानवअधिकार पुरस्कार २०८१ बाट चौधरीलाई सम्मान गरिएको हो । चौधरीलाई नगद ७ हजार १ सय १ रुपियाँसहित सम्मानपत्र दिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सम्मानपत्र प्रदान गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलाशका प्रमुख न्यायाधीश बामदेव ज्ञवालीले मेलमिलापमैत्री समाज निर्माणका लागि संगठित आवाज र संस्थाको जरुरी रहेको बताए । समाज सचेत र जागरुक नभएसम्म जाली फटाहाहरुको रजाई चल्ने भएकोले समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मेलमिलाकर्तामा सुसूचित हुन, आवाज उठाउन र संगठित हुन उनले आग्रह गरेउ ।
मानव अधिकारको क्षेत्र कमजोर हुँदा जाली, फटाहाहरुले फाईदा उठाउने भएकोले सचेतना र जागरणको अवश्यक्ता रहेको न्यायाधीश ज्ञवालीले औल्याउनु भयो । ज्ञवालीले भने “समाजमा वर्ग बीच विभेदको व्यापकता छ, एउटै बर्ग, जाती, समुदाय, लिङ्गबीच पनि विभेद छ, कुसंस्कार छ, त्यसलाई न्यूनीकरण गर्न जागरणको जरुरी छ ।”
राजनीतिक अधिकार सम्बोधन भएपनि सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारको अवस्था रुग्ण रहेकोले फरक क्षमता भएकाहरुको पहिचान गर्नुपर्ने, पहिचान गर्न नसकिएका योग्यहरुको खोजी गर्नुपर्ने उनले बताए ।
यसैगरी उर्मिलादेवी झा मैथिली गीत गायन पुरस्कारबाट राजविराज–३ की सुनिता साहलाई नगद २ हजार पाँच सय राशीसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पुरस्कार कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले उनीहरुलाई नगद, प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost