धादिङ । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

धादिङबाट काठमाडौंको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको हो ।

बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि पहिरो खस्दा ७ जना यात्रु घाइते भएका हुन्।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रोमा सवार ७ जना यात्रुहरुको परिचय खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको