लोकेन्द्र प्रसाद यादव
बोदे बरसईन, । सप्तरीमा जनता समाजवादी पार्टीले जिल्ला कार्य समिति गठन गरेका छन् ।
राजबिराज स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा जसपा मधेस प्रदेश समितिका संयोजक अशोक यादवले जिल्ला कार्य समिति सप्तरी घाेषणा गरेका छन् ।

नवगठित समितिका अध्यक्ष सत्य नारायण यादवलाई चयन गर्दै २९ सदस्य जिल्ला कार्य समिति गठन गरेकाे हाे ।

समितिका सदस्यहरुमा दयानन्द गाेइत, ईन्द्रदेव यादव, सुरेन्द्र साह, चित्तरञ्जन यादव, संताेष मंडल, शक्ति यादव, मुखिलाल चाैधरी, माे. जिब्रिल मियाँ, रविन पासवान, भगवती मिश्र, रामदेव यादव, मुखालाल यादव, उमेश यादव, शिवनाथ राय, नारायण यादव, परमेश्वर मंडल छन् ।
यसैगरी सदस्यमा हरी नारायण साह, ओम प्रकाश मंडल, महेन्द्र प्रसाद चाैधरी, धनाराम मंडल, रान्सु चाैधरी, हरी प्रसाद राम, बविता मंडल, धुरन यादव, चन्द्रा साह, जितेन्द्र साह, अर्जुन परियार रहेकाे आयोजकले जानकारी दिएका छन् ।

यस्तै शिवम यादवको नेतृत्वमा युवा कमिटी र अनुराधा साहको नेतृत्वमा जिल्ला महिला कमिटी विस्तार गरेको हो ।

सो कार्यक्रममा पार्टीका अध्यक्ष अशाेक कुमार राई, सह- अध्यक्ष रेणु यादव, उपाध्यक्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर साह, महासचिव मो. इसतीयाक राई, नेपाल सरकारकाे खानेपानी मन्त्री प्रदिप कुमार यादव लगायत कार्यक्रममा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
1
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको