राजविराज । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार झाँकीसहित विशाल रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलबार श्रीकृष्ण जन्माष्टमी रथ यात्रा, मुल समारोह समिति राजविराजद्वारा रथयात्रा निकालेको हो ।
राजविराज राजविराज नगरपालिका–९ मलेठ स्थित रहेको कृष्णमन्दिरबाट विभिन्न झाँकीसहित निकालिएको रथयात्रा राजविराज नगरपालिकाको विभिन्न चौक तथा बजार परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर समापन गरिएको हो ।
समितिका संयोजक अनिल यादवको नेतृत्व निकालिएको रथयात्रामा हजारौंको संख्यामा श्रदालू भक्तजनहरुको सहभागिता रहेको थियो ।
रथयात्रामा सहभागीहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले ठाउँ–ठाउँमा सर्वत, पानीको व्यवस्था गरेको थियो ।