काठमाण्डौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले बढेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार भने केही बढेको छ । सोमबार १२ अर्ब ९१ करोडको कारोबार भएकोमा आज बढेर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से ६।९० अंकले बढेर २८३०।१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको शेयर बजार सुरु भएको केही समयमै माथि गएको थियो । तर बजार पुन बजार लत झर्यो । आज दिनभर शेयर बजारको उतार चढाव कायम नै रह्यो ।
मंगलबार नेप्से न्यूनतम २८०२।९२ विन्दु र उच्चतम २८६०।४३ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा भने २८३० विन्दुमा पुग्यो । आज एकै दिने नेप्सेमा ३० अंकको करेक्सन भएको छ । आज ९ पटक बजार तल झरेर माथि गएको थियो ।
आज बजार ६ अंकले बढ्दा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर १ लाख ४४ हजार १९७ पटक किनबेच भएको छ । आज १०६ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको थियो । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । आज ३२८ वटा कम्पनीको शेयर कारोबार भएको थियो ।
१३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढ्यो भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा ४।७८ प्रतिशतले बढेर १४ हजार २१९।५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह १।५७ प्रतिशतले घटेर ३६५१।२९ विन्दुमा पुगेको छ ।
त्यस्तै वाणिज्य बैंक ०।६७ प्रतिशतले, हाइड्रो ०।५० प्रतिशतले, लगानी ०।४४ प्रतिशतले, उत्पादन ०।१४ प्रतिशतले, म्यूचअल फण्ड ०।०३ प्रतिशतले, अन्य समूह ०।१८ प्रतिशतले र ट्रेडिङ समूह ०।४१ प्रतिशतले घटेको छ ।साथै, विकास बैंक १।३२ प्रतिशतले, होटल ०।६५ प्रतिशतले, जीवन बीमा २।२८ प्रतिशतले र लघुवित्त समूह ०।३६ प्रतिशतले बढेको थियो । आज १२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ४ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ ।