राजविराज । गजेन्द्र नारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीले एक युवकको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–४ कन्कटा बस्ने अन्दाजी २२ वर्षिय मो मनिर मियाँको मृत्यु भएपछि विरामीका आफन्त र अस्पताल कर्मचारीबीच भनाभन र हात हालाहाल नै भएको छ ।
विरामीका आफ्तका अनुसार ती युवालाई केही दिन देखि बिरामी थिए । उनलाई उपचारका लागि अस्पताल ल्याएको थियो । अस्पताल आएपछि उनलाई एकाशि पछपटि आएर इमेजेन्सीमा रहेका डाक्टरलाई भने पनि कुनै चासो नलिएको र मोबाईल चलाएर बसेको पीडितको भनाई थियो ।
मृतका आमा हसिना खातुनले भनिन् छोरालाई उपचार गर्न अस्पताल ल्याएको थियो । यहाँ आएपछि डाक्टरले एउटा सुई लगाई दियो र केहि छिन पछि छोरा छटपटाउन थाल्यो केही छिनमै छोराको मृत्यु समेत भएको बताईन् ।
मृतकका परिवारले चिकित्सकको लापरवाहीले मृत्यु भएको बताए ।
अहिले अस्पतालको अवस्था तनावग्रस्त छ । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको