
राजविराज। मधेश प्रदेशमा तयारी इँटा बिक्री नहुँदा इँटा उद्योगी व्यवसायीहरु आर्थिक मारमा परेको छ ।
इँटा उद्योग सञ्चालन गर्न लिएको ऋणको साँवा ब्याज तिर्न, मजदूरलाई मजदुरी दिन, लागत लगाउन समेत सकिनरहेको व्यवसायीहरुले बताएका छन ।
सप्तरी इँटा उद्योग व्यवसायी संघको शनिबार आयोजित चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा व्यवसायीहरुले यस्तो पीडा सुनाए । राज्यले इँटाको विकल्प कंक्रिटको प्रयोग गरेर विकास निर्माणको काम गर्न थालेको कारण इँटाको मागसँगै बजार पनि खुम्चिएको व्यवसायीहरुको कथन छ । वातावरण र पर्यावरण अध्ययनबिना नै कंक्रिट प्रयोग गरिरहेको विकास निर्माण कार्यले जलवायु परिर्वतनमा असर पारिहरेको उनिहरुको तर्क छ । तर पनि, सडक ढलान जस्ता वातावरण र पर्यावरणमा असर पार्ने काम तीव्र रुपमा भइरहेको बताउँछन ।
सो कार्यक्रममा इँटा उद्योग व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष बिक्रम साहले इँटा व्यवसायीले उद्योगमा लगाएको लगानी पनि उपर नहुने अवस्था रहेको बताए । गत वर्ष प्रदेशमा एक करोड भन्दा बढी उत्पादित इँटा बिक्री नभइ भट्ठामै थन्किदा निकै घाटा भएर धारासायी भएको उनले जानकारी दिए । यसै कारणले प्रदेशमा प्रत्येक वर्ष इँटा उद्योगहरुको संख्या घट्दै गएको हुदा राज्यले संरक्षणको लागि योजना नल्याएमा निकट भविष्यमा इँटा पनि विदेशबाट आयात गर्नु पर्ने अवस्था आउने तर्क गरे । गत वर्ष मधेशमा सात सय इँटा उद्योग रहेकोमा अहिले २५६ वटा मात्र उद्योग रहेको अध्यक्ष साहले भने , मधेशमा २५६ उद्योगमध्ये ८५ वटा मात्र जसोतसो सञ्चालनमा छन । देशभरमा १२ सय इँटा उद्योगमा ५२० वटा मात्र सञ्चालनमा रहेको उनले बताए ।
इँटा उद्योगीहरुले रोजगारी सिर्जना गरिहरको छ, देश विकास निर्माणमा सहयोग पु¥याइरहेको छ, करमा सहयोग पु¥याइरहेको छ । तर पनि राज्यले इँटा उद्योग व्यवसायीहरुको संरक्षणप्रति ध्यान नदिएको उनले आरोप लगाउनु भएको छ ।
सप्तरी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष दुर्गानन्दप्रसाद साहको अध्यक्षतामा आयोजित सो कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिलअलि मियाँले मधेश प्रदेश सरकार इँटा उद्योग व्यवसायीहरुको हितका लागि ऐन कानुन सम्बत मिल्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । इँटा व्यवसायीको समस्या समाधानका लागि आफु र मन्त्रालय सदैव तयार रहेको उनले बताए ।