राजविराज । नेपाल पत्रकार महासंघको निर्वाचन १२ असोजमा हुने भएको छ । शुक्रबार महासंघको कार्यवाहक अध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भई केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको निर्वाचनमा विविध कारणले ढिलाई हुन गएको विदितै छ । पछिल्लो पटक २०८१ असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखरेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ ।’
‘अध्यक्ष पोखरेलकै नेतृत्वमा महासंघसंग सरोकार राख्ने पक्षहरूसंगको सहमतिमा तयार भएको मतदाता सूची २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ । महासंघको तर्फबाट २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ । मतदाता सूची २०८१ भाद्र २९ गते शनिबारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जारी विज्ञप्तिमा भनिएको छ ।’
महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्यहरू, सल्लाहकारज्यूहरू, पूर्वअध्यक्षज्यूहरू र पत्रकारितासंग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूबाट सहयोग पु¥याउनु हुन आहृवान समेत गरेको विज्ञप्तिमा भइएको छ ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको