ललिता साह

राजबिराज  ।नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सुमनराज प्याकुरेलले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखलाई एक सार्वजनिक कार्यक्रमकै बीच ‘भ्रष्टाचारी’ भनेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाे बुधबार आयोजना गरिएको नगर सभाकाे उद्घाटन कार्यक्रममा सप्तरीका पार्टी इन्चार्ज समेत रहेका प्याकुरेललाई प्रमुख अतिथिको रूपमा निम्त्याइएकाे थियाे।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याकुरेलले आफ्नै पार्टीबाट निर्वाचित मेयर रामलखन मलाह र उपमेयर मीरा यादवलाई भ्रष्टाचारीको आरोप लगाए ।
स्थानीय तहको निर्वाचन -२०७९ मा एमालेबाटै निर्वाचित भएर आएका नगरप्रमुख मलाह र उपप्रमुख यादवलाई  भ्रष्टाचारीको संज्ञा दिदै  कार्यक्रममा उपस्थित नगरप्रमुख मलाह र उपप्रमुख यादवसँगै नगरपालिकाका कर्मचारी अन्य दलका नेता कार्यकर्ता तथा  स्थानीयहरू पनि छक्क परे ।
यसरी पार्टीका जिम्मेवार पदमा रहेका नेताले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई सार्वजनिक रूपमै जघन्य आरोप लगाईरहँदा यसको प्रमाण र कारबाहीको पाटो पनि खोतल्नै पर्ने गम्भीर विषय भएको नगरवासीहरू बताउँछन् ।
‘बुधवार सम्पन्न नगरसभाको उदघाटनमा जिल्ला इन्चार्ज प्याकुरेलले हामीलाई भ्रष्टाचारी भनेकै हो’ नगर उपप्रमुख मिरा कुमारी यादवले भनिन्, ‘उहाँले मेयरलाई भ्रष्टाचारी मात्रै नभई सबैथोक गाली गर्नुभएकै हो।उहाँको वक्तव्यले भष्टाचारी भनेर मेयरलाई भनिरहँदा थोरै मलाई पनि र अलि थोरै वडा अध्यक्षहरुलाई पनि समेटिएको देखिन्छ।’
नेता प्याकुरेलले आफ्नो पार्टीबाट जितेका मेयर र उपमेयरलाई मात्रै इङ्गित गरेर नभई पछिल्लो समय देशव्यापी रुपमा उठिरहेको भ्रष्टाचारको एजेन्डामाथि प्रहार गरेर आफ्नो वक्तव्य दिएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
13
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको