राजबिराज । साह सेवा सदन राजविराज साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सदनका अध्यक्ष योगेन्द्र प्रसाद साहको अध्यक्षता तथा तेली कल्याण समाज नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उम्देश्वर प्रसाद साहको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन सत्र आयोजना गरिएको हो ।
उक्त चौथो वार्षिक साधारणसभामा विशिष्ट अतिथि तेलि कल्याण समाज नेपालकी केन्द्रीय सदस्य सुनिता कुमारी साह,तेलि कल्याण समाज सप्तरी को जिल्ला अध्यक्ष अमृतलाल साह,साह सदनको पुर्व अध्यक्ष रामचन्द्र साह ,जिल्ला समन्वय समिति सप्तरीको सभापति शिवनारायण साह, संस्थापक उपाध्यक्ष ई. गणेश प्रसाद साह,साह सेवा सदनका पुर्व अध्यक्ष दुर्गाप्रसाद साह,गंगाराम साह( समाज सेवि),साह शिक्षक कर्मचारी मिलनकेन्द्रका पुर्व अध्यक्ष टेक नारायण साह,शम्भुनाथ न.पा. –४को वडा अध्यक्ष बिजय कुमार साह,साह शिक्षक तथा मिलनकेन्द्रका जिल्ला अध्यक्ष धर्मदेव साह,साह महिला कमिटीका अध्यक्ष प्रमिला साह ,तेलि कल्याण समाज सप्तरीका पुर्व अध्यक्ष रामचन्द्र साह,राजनीतिकर्मी बैचु साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा साह सेवा सदनका सचिव वेचन कुमार साहले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सांगठनिक प्रतिवेदन अनुमोदन, आर्थिक प्रतिवेदन अनुमोदन, सदस्यताबाट प्राप्त रकम अक्षयकोष वा मुद्दती खाता खोली प्राप्त ब्याज सदनको कार्यमा लगाउने, विधान संशोधन लगायतका प्रस्ताव पास भएको जानकारी दिइएको छ ।
कार्यक्रममा १८ लाख ३९ हजार १ सय ५२ रुपैया १६ पैसाको आय व्याय प्रस्तुत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost