विनय कर्ण
राजविराज। मिथिगलाञ्चलमा सोमबार देखि विधिवत् रुपमा जितिया पर्वको शुरुवात भएको छ ।
आफ्नो सन्तानको दिर्घायुका लागि परापुर्वकाल देखि गरिदै आएका कठोर पर्व जितियाको पहिलो दिन आज नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो ।
ब्रतको पहिलो दिन आज ब्रतबस्ने महिलाले पोखरी वा जलाशयमा मा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जिमुतवाहन र पितृलाई चिउरा, दही, तेल र पिना चढाउँछन् । यसरी जलाशयको घाटमा चढाईएको प्रसाद आफू र परिवारजनका सदस्यले खान्छन् भने घाटमा चढाईएको तेल सबैले टाउकोमा लगाउने चलन छ ।
व्रतको पहिलो दिनको पूजासकेपछि कोदोको रोटी, नुनीको साग र माछा खाने पौराणिक चलन रहिएको आएको छ र यसलाई स्थानीय भाषामा ‘माछ–मरुवा भनिन्छ ।
ब्रतको दोश्रो दिन मंगलबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन गर्नुपर्छ, अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । महिलाले ओंगठनमा च्यूरा दही खाएपछि उपवासको क्रम सुरु हुन्छ ।
यस बर्ष मंगलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार साँझ ५ बजेर २० मिनेट भएपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने  पंडित रामकुमार शास्त्रीले बताए ।
मिथिलामा सबै भन्दा कठोर ब्रतको रुपमा रहेको जितियामा उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ र एक पटक ब्रत भंग भयो भने आजिवन ब्रत नबस्ने धार्मिक र पौराणिक मान्याता रहिआएको छ ।
आशिया पार्टी प्यालेशद्वारा पोखरीको सरसफाई
जितिया पर्व प्रति सदासय देखाउँदै आशिया पार्टी प्यालेसले राजविराज नगरपालिका वडा नम्बर ११ स्थित पोखरी तथा घाटको सरसफाई गरेका छन् ।
पार्टी प्यालेसका संचालक मो. अकबर हुुसैनले ब्रतालु महिलालाई पोखरीमा नुहाउन र पूजा गर्न सहज होस् भन्ने मनसायले पोखरी, घाटको सरफाई गरि घेरा लगाईदिएको बताए ।
‘यहाँका ब्रतालु महिलाका लागि सबै भन्दा कठोर पर्व जितियाको पहिलो दिन हजारौं महिला बिगतदेखि नै यस पोखरी नुहाएर पूजा गर्दै आएको छ तर, पोखरी र घाटको फोहोर हेरेर मलाई राम्रो लागेन अनि व्यवस्थित रुपमा जितिया मनाउन सरसफाई गरेर घेरा पनि लगाई दिएको हुँ’ उनले भने, ‘यसले सामाजिक सदभाव बढाउनुका साथै ब्रती महिलालाई सहज भएको छ ।’
गत वर्ष पनि जितियामा उनले आफ्नै लगानीबाट पोखरीको सरसफाई तथा घेराबेरा गरि ब्रतालु महिलाहरुलाई जितिया मनाउन सघाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको