काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।
साइबर ब्यूरोको टोलीले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरबाट पक्राउ गरेको थियो ।
उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost