ललिता साह
धुलिखेल ।बाढी पहिरोमा परी घाइते भएर अस्पताल भर्ना भएका विरामीहरुलाई एक मनकारी युवा व्यवसायीले सोमवार अस्पताल पुगेर फलफूल वितरण गरेका छन् ।
जुम्ला जिल्लाको सिन्जा गाउँपालिका घर भई काठमाडौं उपत्यकामा फलफूल व्यवसाय गर्दै आएका जयऋषि उपाध्यायले धुलिखेल अस्पताल भर्ना भएका करिब दुई सय बिरामीलाई जुम्लाको स्याउ लगायतका फलफुल वितरण गरेको अस्पतालले जनाएको छ । विपत परेको बेला आफूले पैसा वा अन्य केही सहयोग गर्न नसके पनि जे छ त्यसैले अरुलाई सहयोग गर्नुपर्छ भने विचारले बेच्नको लागि भनेर गोदाममा गत मंगलवार नै जुम्लाबाट धेरै मात्रामा ल्याइएको करिब एक क्विन्टल स्याऊ जय ऋषिले बिरामीलाई सितैमा बाँडे ।
जुम्लाका स्याऊ लगायत हिमाली पहाडी जिल्लाका स्थानीय उत्पादनहरू देशको राजधानीसम्म ल्याएर प्रवर्धन र व्यवसायकरण गर्न जुटेका युवा हुन जयऋषि । रोग र भोकले अस्पतालको बेडमा छटपटिएको बिरामीहरूलाई फलफूल वितरण गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost