ललिता साह
काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्ला संयोजक मनोनीत गरेको छ। पार्टी अध्यक्ष महतोको अध्यक्षतामा काठमाडौँमा उपलब्ध केन्द्रीय नेताहरूको उपस्थितिमा भएको बैठकले ७७ वटै जिल्ला संयोजक मनोनीत गर्ने निर्णय गरेको हो

बैठकले हालै भएको अविरल वर्षापछिको बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न ७७ वटै जिल्लाका संयोजकलाई आग्रह पनि गरेको सदस्य राजनारायण साहले जानकारी दिए।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी यही असोज १ गते घोषणा भएको हो। २०८० फागुनदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामबाट विभिन्न अभियान चलिरहेको थियो। उक्त अभियानलाई नै पार्टीमा रुपान्तरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको