राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधीहरूले कर्मचारी नियूक्तिमा आपसी बाँडफाँड गरेको फायल सदर गर्न नमानेपछि शाखा प्रमुख नै परिवर्तन गरेका छन् ।
नगरपालिकाका मेयर रामलखन मलाहको छोरी ज्वाई सहितका लाई नियुक्ति गर्न नमानेपछि पालिकाका प्रशासन शाखा प्रमुख उमेश प्रसाद साहलाई वडा कार्यालयमा सरुवा गरिएको छ । नियुक्ति गर्ने सर्तमा उनको ठाउँमा शिक्षा शाखा अधिकृत कृष्ण कुमार यादवलाई ल्याईएको हो।
नगरपालिकाले पदपुर्तिका लागि २०८० चैत्त २२ गते रोजगार संयोजक लगायतका पदमा सूचना निकालेर परिक्षा लिने तयारी गरेको थियो । तर, मेयर सहितका जनप्रतिनिधीहरुले निकालेको विज्ञापन अनुसार आपसी बाँडफाँड गरेपछि कर्मचारी र जनप्रतिनिधी बिच विवाद बढेको पालिका स्रोतले जनाएको छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णले जनप्रतिनिधीको आफन्त र छोरा छोरीलाई नियूक्ति गर्न नमानेपछि नेकपा एमालेबाट जितेका मेयर मलाह सत्ताको आडमा प्रमुख प्रशासकीय अधिकृत परिर्वतन गरी सर्त सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतमा पशु अधिकृत रामकिसुन यादवलाई ल्याएर नियूक्ति प्रक्रिया अगाडि बढाउन लगाएपछि प्रशासन शाखा प्रमुख साहले नमान्दा उनलाई पनि परिर्वतन गरिएको हो । उनलाई डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ मा सरुवा गरिएको छ ।
‘आफ्नो अनुकूल वातावरण बनाई नगपालिकाको कार्यापालिकाले निर्णय गरेर विज्ञापनको काम काज लाई अगाडि बढाईएको छ’ नगरपालिका स्रोतले भने।
नगरप्रमुख  मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव नगरपालिकाले कर्मचारी भर्नाका लागि गरेको विज्ञापनको पदलाई बाँडफाँड गरेर रोजगार संयोजकमा तिरहुत गाउँपालिका वार्ड नम्बर १ का धर्मदेव मुखिया नगरप्रमुखका छोरी ज्वाई तथा अन्य पदमा उनकै सहयोगी सकलदेव मंडल र बलराम साहलाई कम्प्युटर अपरेटर पदमा, कार्यापालिका सदस्य समेत रहेका वडा नम्बर–३ का वडा अध्यक्ष भागेश्वर यादवका छोरी ममता यादवलाई अहेव तथा उनकै छोरा पंकज यादवलाई सहायक कम्प्यूटर अपरेटर पदमा नियुक्त गर्ने तयारी गरेका छन्।
त्यस्तै वडा नम्बर–१ का वडा अध्यक्षका छोरा जीवन चौधरीलाई खेलकुद प्रशिक्षक पदमा र वडा नम्बर–९ का वडा अध्यक्ष कर्णदेव चौधरीको छोरा सरह भनेर चिनिने कृपानन्द झालाई रोजगार सहायक पदमा नियुक्ती गर्न २०८१असार १७ गते नै प्रक्रिया अगाडि बढाई सकिएको हो । त्यस्तै विज्ञापन गरिएका अन्य पदका उम्मेदवाहरुबाट नगर प्रमुखले २ लाख देखि ४ लाख सम्म प्रति उम्मेदवार घुस रकम लिदै आएको स्थानियहरुको अरोप छ ।
मेयर मलाहले उनीहरुलाई नियुक्ति गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्मलाई प्रयोग गरेको छ । उनले नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष ताराकान्त चौधरी लाई प्रयोग गरी ज्वाई सहितका लाई  नियूक्ति गर्न  कर्मचारीनै परिवर्तन गरि प्रक्रिया अगाडि बढाउन लगाईएको बुझिएको छ  । जसका कारण प्यकुरेल र चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोग टंगालमा २०८१ भदौ १९ गते उजुरी नै दर्ता भईसकेको छ ।  यस सन्दर्भमा प्रतिकिया लिन नगरप्रमुख मलाहलाई फोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले रोजगार संयोजक, कृषि प्राविधिक लगायतको नियुक्तिमा विवाद रहेका कारण यस्तो कुनै प्रकारको नियुक्ति नहुने प्रतिक्रया दिए । करारका नियुक्त गर्नै परे हाम्रो अधिकार क्षेत्रभित्र रही नगरपालिकाले श्रेणीविहीन कर्मचारी मात्र नियूक्ति गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
1
0
0
5
1
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको