काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने भएका छन् । कुलमानले आफूहरुले दिएको निर्देशन एकपछि अर्को गरेर लत्याएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई हटाउने तयारी गरेका छन् । यसको लागि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिईसकेको विश्वस्त स्रोतको दाबी छ ।
यद्धपी कांग्रेसकै प्रभावशाली नेता डा. शेखर कोइराला भने  कुलमानलाई हाटाउने पक्षमा नरहेको स्रोतको दाबी छ ।
सरकारबाट लिखित निर्देशन नगएपछि कुलमानले  उद्योगको लाईन काटिदिएका थिए  । यो विषय अहिले उत्कर्षमा पुगेको छ । सरकार उद्योगीहरुको पक्षमा उभिएको देखाईएको छ । तर, कुलमानले आफूले कानूनी बाटो समातेको  पत्रकार संगको कुराकानीमा स्पष्ट पारिसकेका छन् । केही उद्योगले भने बक्यौता तिरेको कुलमानको भनाई छ । पहिलो किस्ता तिर्नेहरुको हकमा भने प्राधिकरणले केही लचकता अपनाउनेपनि उनको भनाई छ ।

कुलमानसँग प्रधानमन्त्री ओलीको पूरानै रिसिईबी बाँकी छ । एमाले पँक्ति कुलमानलाई जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री ओलीले  आज बस्ने मन्त्रीपरिषदबाट  कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि कदम चाल्न सक्ने बताएको छ । जसमा उर्जामन्त्री खड्काले पनि साथ दिने भएका छन् । कांग्रेस सभापति देउवालाई पनि साथमै लिएर ओलीले यो कदम चाल्न लागेको सरकारनिकट उच्च स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
1
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको