ललिता साह
काठमाण्डौ । सरकारले संघसंस्था दर्ता तथा संचालनले ल्याउन लागेको नयाँ ऐनले देशैभरका संघ संस्थालाई वर्गीकरण गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
गैर सरकारी संस्था महासंघले ऐनको प्रारम्भिक मस्यौदामाथि राखेको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।
महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले भने -ऐनसँगै नियमावली पनि ल्याउन आवश्यक छ । महासंघ सम्बधी ल्याउने ऐनले देशको सबै सबै महासंघ र नागरिक संस्थालाई दिशानिर्देश गर्न सक्ने हुनुपर्छ ।
सरकारले तयार गरेको ऐनको पहिलो ड्राफ्टमाथि सरोकारवालाले छलफल गर्दै संघ संस्था दर्ता ऐन – २०३४ अनुसार दर्ता भएका संघ संस्था हरुलाई स्थानीय तहमा काम गर्ने ,नागरिक क्षेत्रमा रहेर काम गर्ने,पेशागत महासंघ गरी तीन तहमा वर्गीकरण गर्न सकिन्छ । जसको लागि संघ संस्था प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव सहित विज्ञहरुले सुझाव दिएका छन् ।
संघ संस्था सम्बन्धी ऐन ल्याउनै पर्ने वेला भएको र यो हाम्रो परामर्शमा संघ संस्थाको हितमा हुनुपर्न महासंघका पूर्व अध्यक्ष जीतराम लामाले बताए ।
उपभोक्ता हित संरक्षण महासंघयूथ फेडेरेसन नेपाल , मानव अधिकार राष्ट्रिय संजाल , इन्सेक , ज्येष्ठ नागरिक महासंघ , नेपाल पत्रकार महासंघ जस्ता संघ संस्था सरोकारवाला तथा विज्ञको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको