राजविराज । रुपनी गाउँपालिका वडा नम्बर ४ स्थित छपकी भथौलमा बुधवार स्थानिय युवाहरुले सरसफाई गरेका छन् ।
दिपावली तथा छठ पर्वको अवसरमा उनीहरुले टोलको मुख्यबाटोमा सरसफाई थालेका हुन् ।
वडा नम्बर ४ का वडाअध्यक्ष छेदी ईसरको नेतृत्वमा थालिएको सरसफाई अभियानमा, वडाका जनप्रतिनिधि, स्थानिय युवाहरु संगै अधारभुत विद्यालय छपकी भथौलका प्रधानाध्यापक शिवनारायण यादव र वडा कार्यालयका कार्यालयका कर्मचारीहरुले पनि सहभागिता जनाए ।
अभियान शुरुगर्नु अघि वडाअध्यक्ष ईसरले सरसफाईमा सहभागी स्थानिय युवाहरुलाई सम्वोधन गर्दै यो अभियान निरन्तर चल्ने बताए ।
आफ्नो गाउँठाउँलाई सफा र स्वच्छ बनाउने जिम्मेवारी हामी सबैको भएको भन्दै यसलाई निरन्तरता दिईने प्रतिवद्धता समेत जनाए ।
यसै गरी प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले सरसफाईले समग्र समाजको स्वच्छता झल्किने हुँदा सडक बाटोलाई फोहोर बनाउने काम कसैले पनि गर्न नहुने तर्क राखे ।
घरको फोहर सडकमा थुपार्ने काम प्रति टोलबासी सचेत हुनुपर्ने बताउँदै ‘संस्कारमा परिवर्तन हुनु जरुरी छ’ कर्णले भने ।
वडा नम्बर ४ को आयोजनामा संचालित सरसफाई अभियानमा स्थानिय सयजना युवाहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
4
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको