रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको हो ।
मृतकका श्रीमान भने भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर–११ बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षिया पातली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीले मृतकको घर पूर्ण रुपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जंगली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए ।
हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प बिजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको