दिपेश देब जोशी
राजविराज । जनता समाजवादी पार्टी नेपालका नेता विदेश्वर प्रसाद यादव बिक्कीले डाक्नेश्वरी नगरपालिकामा भ्रष्टाचार बढ्दै गएको आरोप लगाएका छन् ।
डाक्नेश्वरी नगरपालिका वडा नं. १स्थित पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले नगरपालिकामा भ्रष्टाचार संस्थागत गर्न नेपाली काँग्रेसका केही नेताहरुले पालिकाको मेयरलाई साथ दिइरहेको बताए ।
उनले नगरपालिकाको विकासको नाममा भ्रष्टाचार मात्र भइरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै एक जुट भएर आगाडी बढनु पर्ने बताए । पार्टीका युवा तथा खेलकुद संयोजक समेत रहेका यादवले गाउँ गाउँमा विकास गर्न आफू र आफनो संगठन लागि परेको बताए । नेता यादवले भ्रष्टाचार संरक्षण गर्न नेकपा एमालेका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल सक्रिय रहेको समेत बताए ।

कार्यक्रममा जसपा नेपालका सचिव तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री शैलेन्द्र प्रसाद साहले देश विकास र सुशासनका लागि वर्तमान साशकिय स्वरुपमा परिवर्तन ल्याउनु पर्ने बताए । उनले भने, वर्तमान संसद व्यवस्थाले देशमा चरम भ्रष्टाचारलाई बढाबा दिएको छ । सांसद तथा मन्त्री बन्नका लागि ठूलो खर्च गर्ने होड चलेको छ । उनले पदमा पुगेपछि चुनावमा गरिएको लगानी असुल उपर गर्न तिर लागेको हुँदा भ्रष्टाचार सुरु भएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा राष्ट्रिय सभासदस्य मृगेन्द्र कुमार सिंहले कम्युनिष्ट पार्टी जनता मानसमान दिन नजानेको बताए ।उनले कम्युनिष्ट पार्टी भित्र सामन्तवाद हावी हुँदै गइरहेको समेत आरोप लगाए ।

सोही कार्यक्रममा नेकपा एमालेका गाउँकमिटी अध्यक्ष तथा वडा अध्यक्ष प्रत्याशी धिरेन्द्र कुमार साहलाई पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, मृगेन्द्र कुमार यादव र जसपाका नेता तथा पूर्व सांसद विदेश्वर प्रसाद यादव (विक्की)ले फूलमाला लगाई पार्टी प्रवेश गराएका थिए । धिरेन्द्र सँगै एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेका थिए ।
गाउँ कमिटी अध्यक्ष धुर्व साहको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य शैलेन्द्र मोहन झा, रमिला साह, बवि सिंह यादव, जसपाका नगर अध्यक्ष लक्ष्ण देव साह, उपाध्यक्ष बेचु साह, ओम प्रकाश यादव लगायतका वक्ताहरुले आ-आफना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
16
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको