जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधान अनुसारको अधिकार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।
महोतरीका कांग्रेसका नेता स्वर्गीय शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए ।
सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाएको बताउँदै उनले स्वर्गीय शिवचन्द्र मिश्र, सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost