लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर – २ नेगंडामा सप्तरी जिल्लास्तरीय सामा चकेवा महोत्सव हुने भएको छ ।
थारु कल्याणकारीणि सभा सप्तरी जिल्लाको आयोजनामा तथा थारु कल्याणकारीणि सभा बोदे बर्साइन नगरकार्यसमितिको सह आयोजनामा जिल्ला स्तरिय सामा चकेवा महोत्सवको हुन लागेको बताईएको छ ।
आउदो मंसिर १ गते शनिबार सत्रुघ्न माध्यमिक विद्यालय नेगंडाको खेलमैदानमा सामा चकेवा महोत्सव हुने थारु कल्याणकारीणि सभा जिल्ला कार्यसमितिका उपसभापति राम प्रसाद चौधरीले जानकारी दिए ।
कार्यक्रममा थारू समुदायको झाकीप्रर्दशन, झुम्रा नाच, थारू गित पहिरन प्रदर्शनी हुने र थारू समुदायको समाजिक उत्थानको विषयमा चर्चा परिचर्चा हुने बताएको छ । महोत्सवमा सहभागी हुन आयोजकले सबैमा अनुरोध समेत गरेको छ। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितको अतिथिहरुको सहभागीता रहने आयोजकले जनाएको छ।सामा चकेवा पर्व मिथिला क्षेत्रका खासगरी थारू, मधेसी समुदायका महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो। यो पर्वमा विशेष गरी दिदीबहिनीहरू आफ्नो भाइहरूको लामो आयु र सफलताको कामना गर्दै पुजा गर्छन्। सामा चकेवाको मूर्ति बनाएर, तिनलाई सजाएर गीत गाउँदै पूजा गरिन्छ। यो पर्व विशेष गरी कार्तिक महिनाको पूर्णिमाको दिन जल प्रवाह गरिने चलन छ।
सामा चकेवा दिदीबहिनी र भाइहरूबीचको प्रेमको प्रतीक हो, जसमा महिलाहरूले आफ्नो भाइहरूको खुसी र समृद्धिको कामना गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
26
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको