ललिता साह
राजविराज ।चार वर्षअघि छठी मैयाको भाकल गर्दा आफूले सन्तान ( छोरा ) पाएको अग्निसाईर कृष्णसवरण – ५ कि ममता मरिक ( डोम )ले सुनाइन ।
छठी मैयाको महिमा अपार रहेकोले सन्तान पाएकै वर्षदेखि छठ गर्दै आएको छु,उनले भने । चालिस वर्षदेखि महुली धारमा छठ गर्दै आएका महुली बजारका चित्र नारायण यादव भन्छन ,तीन वर्ष अघिसम्म पाँच परिवारले मात्रै मनाउँदै आएको छठ अहिले यही ठाउँका सबै समुदायका ७० परिवारले छठ मनाउँदै आएका छन् ।

सप्तरीको छ्ठपर्व
जिल्लाभरिका प्राय : सबैजसो पोखरी ‘ तलाव’ नहर ‘ नदीधार भक्तजन तथा व्रतालुहरूले भरिभराऊ भएका छन ।
सदरमुकाम राजविराजको भगवती पोखरी , कल्टीदास , तेतरीगाछी , पूरनी पोखरी , जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका -६ का महुली नदीधार , महदेवा स्थित चन्द्रनहर , कंचनरुपका सुन्दरीखोला सुरुङ्गा नयाको त्रियुगा धार लगायतका ठाउँमा छठ पर्वको रौनक देख्न पाइन्छ । यी ठाउँहरूमा गरी जिल्ला भरी दुई सय बढी स्थानमा छठी घाट निर्माण गरी हजारौको संख्यामा हिन्दू धर्मावलम्बीहरुले संध्या (स्ताउँदो ) सूर्यलाई अर्घ दिंदै छठ मनाउँदै छन । भोली उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत रुपमा छठ समापन हुनेछ ।
छठ पर्वलाई मध्यनजर गरी जिल्लामा लागु चाँड पर्व विशेष सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोली मोबाइल टोलीलाई सकृय परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।यो सँगै छठको घाटहरूमा विभिन्न प्रकारको मञ्च कार्यक्रम गर्ने प्रचलन रहँदै आए पनि त्यस्ता कार्यक्रमहरू नगर्न जिल्ला प्रशासनबाट कसैलाई अनुमति नदिएको शान्ति सुरक्षा कायम गरेर छठ पर्व मनाउन जिल्लाबासीलाई आग्रह गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको