विनय कर्ण
राजविराज । विद्यापति स्मृति पर्वको अवसरमा मैथिली साहित्य परिषद् सप्तरीले मंगलवार कवि गोष्ठीको आयोजना गरेकाे छ ।
तीन दिवसिय विद्यापति स्मृति पर्व मनाउने कार्यक्रम अन्तर्गत पहिलो दिन कवि गोष्ठीको आयोजना गरिएको हो।
गोष्ठीमा शुभकामना मन्तव्य राख्दै मैथिली साहित्य परिषद्का  अध्यक्ष एवं प्रमुख अतिथि अवधेश कुमार झाले तीन दिवसिय कार्यक्रमलाई सफल बनाउन सबै मिथिला मैथिली अभियानी लाग्नुपर्नेमा जोड दिए ।
मातृभाषा मैथिलीको संरक्षण सम्बर्द्धन गर्नु सबै मातृभाषीको दायित्व भएको बताउँदै उनले स्वस्फूर्द रुपमा सहभागिता जनाई विद्यापति स्मृति पर्व लाई भव्यताका साथ मनाउनमा सहयोग गर्न आग्रह गरे।
परिषद्का पुर्व सचिव अजय कुमार झाले विद्यापति बसेको बनौलीबारे अन्वेषण हुनुपर्ने माग गरे । उनले विभिन्न इतिहासकारहरुले विद्यापतिको प्रवास स्थल सप्तरीको बनौली नै रहेको स्पष्ट पारिसकेको भएपनि सिरहा र महोत्तरीको बनौली भनेर केही व्यक्तिहरुले मैथिलहरुको बीचमा दुरी बढाउने काम गरिरहेकोले अन्वेषण आवश्यक रहेको बताए ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्णले विद्यापतिको प्रवास स्थलबारे पुरातात्विक विभागले अन्वेषण नगरेकै कारण विद्यापति र बनौलीको नाममा सरकारी बजेट समेत खर्च भईरहेको प्रति असंतुष्टि पोखे ।
कवि गोष्ठीमा युवा कविहरुको बढी भन्दा बढी सहभागिता गराएर  मैथिली साहित्यमा सृजनशीलता बढाउन परिषद्लाई अझै सक्रियताका साथ लाग्न आग्रह गरे ।
विद्यार्थी युवा परिषद राजविराजको संयोजन तथा सुनिल झा चन्दनको अध्यक्षामा मैथिली साहित्य परिषदले आयोजना गरेको कवि गोष्ठीमा अभय मैथिल, मैसापका सदस्य राजीव झा, जिल्ला समन्वय समिति सप्तरीका प्रशासकीय अधिकृत कुन्दन कर्ण, गंगा साह, शिक्षक मञ्जु श्रेष्ठ, परिषद्का उपाध्यक्ष राजकुमार लाल दासले मैथिली कविता प्रस्तुत गरेका थिए भने गायिका सुष्मा झा र किरण झाले विद्यापति गीत प्रस्तुत गरेकी थिईन् ।
यस अघि विद्यापति स्मृति पर्वको अवसरमा मगलवार विहान राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र त्यसमा सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, पुर्व सिचाईमन्त्री उमेश कुमार यादव सहित २१ जनाले रक्दान गरेको मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको