जनकपुरधाम । सर्लाहीबाट ११ किलो लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् ।
दुबैजनालाई प्रहरीले बरहथवा नगरपालिका १६ गंगापुर स्थित बागमती नहरबाट बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ गरेको हो । कालो झोलामा दुई पोकामा अन्दाजी ११ किलो गाँजासहित नियन्त्रणमा लिएर सर्लाही अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको